छन्त्याल संघ म्याग्दीको अध्यक्षमा रेशमबहादुर

0

अत्यन्त न्यून संख्या रहेका र म्याग्दी जिल्लामा मुख्य बसोबास गरेका छन्त्याल जातिको साझा संस्था छन्त्याल संघ म्याग्दीको अध्यक्षमा रेशमबहादुर भलन्जा छन्त्याल चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा हरिबहादुर घरब्जा छन्त्याल ,सचिवमा मनबहादुर बुढाथोकी छन्त्याल, कोषध्यक्षमा नन्दकुमारी भलन्जा,सह–सचिव मनिषा घ्याप्चन रहेका छन्।

कार्यसमिति सदस्यहरूमा दलबहादुर भलन्जा छन्त्याल,कृमाँया घ्याप्चन,ककणा घरब्जा ,नरबहादुर पोत्लागें, तेकबहादुर झिँ राजा, ड बहादुर घरब्जा,कृष्णकुमारी भलन्जा, दम्मर बहादुर भलन्जा र सुरेन्द्र घरब्जा छन्त्याल रहेको सचिव मनबहादुर छन्त्यालले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन गदैं नेपाल छन्त्याल संघ गण्डकी प्रदेशका उपाध्यक्ष ओम छन्त्यालले आफ्नो भाषा, संस्कृति जर्गेनामा विषेश ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले छन्त्याल समुदायको पहिचानलाई जोगाउन म्याग्दी जिल्लाभित्र उचित स्थानमा संग्रालय, भाषा तथा पुराना कला र संस्कृतिलाई संरक्षण गदैं नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । देशभर रहेका करिब १५ हजार छन्त्याल जातिको हितमा महासंघमार्फत कार्यक्रमहरु समेत ल्याउने बताउनुभयो ।

अधिवेशनको अवसरमा धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, प्रबक्ता एवम् गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल,रघुगंगा गाउँपालिका वडा नं ८ का अध्यक्ष गमान छन्त्याल, छन्त्याल संघ म्याग्दीका निवर्तमान अध्यक्ष चित्रमान छन्त्याल ,नेपाल छन्त्याल संघका पुर्व केन्द्रिय उपाध्यक्ष कमल छन्त्याल ,नेपाल महिला छन्त्याल संगठन म्याग्दीकी डमकुमारी छन्त्यालले बोल्नुभएको थियो ।

कार्यक्रमको स्वागत निर्वतमान उपाध्यक्ष रेशम छन्त्याल, र सञ्चालन निर्वतमान सचिव अमरसिंह छन्त्यालले गर्नुभएको थियो। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ कुईनेमंगले, धवलागिरी गापा वडा नं १ गूर्जा र ५ मल्कवाङमा बाख्लो बसोबास रहेको छन्त्याल जातिलाई अल्पसंख्य सूचिमा राखिएको छ ।

Leave a Reply