बेनी–दरवाङ सडकमा एकदिन पनि आलटाल नगर्नुहोस्ःमन्त्री पुन

0

बेनी–दरवाङ सडक आयोजना अन्तर्गत बेनीदेखि बाबियाचौरसम्मको निर्माणकार्यको अनुगमन गदैं गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले एकदिन पनि निर्माणकार्यमा आलटाल नगर्न ठेकेदारलाई सचेत बनाउनुभएको छ । पश्चिम म्याग्दीको जीवनरेखाको रुपमा चिनिएको सडकखण्ड अन्तरगत बेनीदेखि तातोपानीसम्मको स्थलगत अनुगमनको क्रममा शनिबार लामा–समानान्तर जेभीका प्रतिनिधिलाई ढिलासुस्ती भएमा कडा कारवाहीको चेतावनी समेत दिनुभएको छ।

ठेक्काको समय सकिनै लाग्दा तिब्र गतिमा काम गरिरहेको अवस्थामा आवश्यकता परेमा समय अवधिमा केही लचक हुन सकिने भएपनि सडकको दैनिक प्रगति आफ्नो सचिवालयलाई जानकारी गराउन निर्देशन दिनुभएको छ । ‘एकदिन पनि काम रोकिए उहाँहरुलाई राम्रो हुदैन्,‘निर्माणकार्यमा छड्के अनुमगमन समेत गरिन्छ’ मन्त्री पुनको भनाई उद्धित गदैं स्वकिय सचिव प्रकाश पौडेलले बेनीअनलाइनलाई भन्नुभयो ।

उहाँका अनुसार साढे १२ किलोमिटर सडकखण्ड स्तरोन्नतीमा पटकपटक गुनासो आउन थालेपछि मन्त्री पुनले अनगुमन गर्नुभएको बताउनुभयो । पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार उक्त सडकखण्डको भौतिक प्रगति करिव ५३ प्रतिशतको हाराहारीमा रहेको जानकारी समेत पाएको बताउँदै पश्चिम म्याग्दीका साथै छिमेकी जिल्ला बागलुङ र रुकुम जिल्लासम्म जोड्ने सडक भएकाले गण्डकी प्रदेशको प्राथमिकतामा रहेको मन्त्री पुनको भनाई छ। अनुगमनका क्रममा मन्त्री पुनले स्थानीयबासीसँग समेत सडकको कामका बारेमा जानकारी लिनुभएको थियो ।

२०७४ साउनमा तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले सडक स्तरोन्नतीका लागि ठेक्का लगाएको थियो। संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएपछि बजेटको अभावका कारण केही समय निर्माणकार्येमा आलटाल गरिएपनि अहिले बजेटमा कुनै समस्या नभएको बताइएको छ । यसबर्ष ३ करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन भएको पहिलो प्याकेजका लागि थप बीस करोड रुपैयाँ बजेट माग गरिएको छ ।

Leave a Reply