म्याग्दीकी बिमला गौचन राष्ट्रियसभाका उम्मेदवार

0

नेपाली काँंग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि टुंग्याएको १६ उम्मेदवारमा म्याग्दीकी बिमला गौचन समेत पर्नुभएको छ । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले चयन गरेको उम्मेदवारमा महिला संघ म्याग्दीकी अध्यक्ष समेत रहेकी गौचनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । गण्डकी प्रदेशबाट गौचन सहित स्याङ्जाका सुर्यप्रसाद रेग्मीको नामपनी गण्डकी प्रदेशबाट परेको छ ।

यता पार्टीले राष्ट्रियसभाको उम्मेदवारमा चयन गरेसँगै कांग्रेस म्याग्दीकी नेतृ गौचनले निर्वाचनमा हारजित जे भएपनि पार्टीको छनौट नै आफ्नो जीत भएको बताउनुभयो । उहाँले पार्टीमा योगदानको मुल्याङ्कन भएको बताउनुभयो ।

निर्वाचन आयोगको तालिका बमोजिम माघ ९ गते राष्ट्रियसभा सदस्यको मतदान हुनेछ । जसका लागि आइतबार मनोनयन दत्र्ताको समय तोकिएको छ । समाजवादी पार्टीले भने आफ्नो उम्मेदवारको टुंगो लगाएको छैन् ।सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालसँग तालमेल गरेको छ ।

Leave a Reply