सुत्केरी महिला चिसो छाप्रोमा, छैन ओढ्ने–ओछ्याउने र खाने कुरा

0

दयपुर कटारी–५ की चमेली तामाङ ९ दिनकी सुत्केरी छिन् । आर्थिक अवस्था ज्यादै न्यून भएकी उनी आफ्नो माइतीमै बस्दै आएकी छिन् ।पुषको यस्तो चिसोमा सित चुहिने छाप्रोमा बस्दै आएकी छिन् । उनीसँग तातो भात खानका लागि चामल समेत छैन, भने ओड्ने–ओछ्याउने र लगाउने न्यानो कपडा केही छैन ।

घरमै ९ दिन अघि छोरा जन्माएकी चमेलीको अढाई वर्षको ठूली छोरी पनि काखमा छिन् । सुत्केरी भएपछि गाँउलेले केही सहयोग गर्दै आएका छन् । सुत्केरी हुनु अगाडि ऐलानी जग्गामा छाप्रो बनाएर बसेकी उनको लगाउने कपडा, खाना पकाउने भाँडा–कुँडा र अन्नको अभाव छ ।

Leave a Reply