गृहकार्य नगरेको भन्दै शिक्षकले निर्घात कुटे विद्यार्थीलाई

0
गृहकार्य नगरेको भन्दै शिक्षकको कुटाईबाट एक विद्यार्थी घाइते भएका छन् । रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा रहेको ज्ञानदिप बोर्डिङ स्कूलका शिक्षक शैलेन्द्र बरईले कक्षा पाँचमा अध्ययनरत् विद्यार्थी तौफिक धुनियालाई कुुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।  कुुटाइबाट विद्यार्थी धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ। गएको बुधबार पनि घटना शनिबार मात्रै बाहिर आएको छ । विद्यार्थी कुटपिट गर्ने बरई शिक्षक फरार छन् । सोही दिनदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ ।

गृहकार्य विद्यार्थी धुनियाले गर्न नसकेर विद्यालय जाँदा उनीमाथि कुटपिट गरिएको परिवारले जनाएको छ । विद्यार्थी धुनियाँको उपचार स्थानीयस्तरमा सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको धुनियाका हजुरबाबा मोहम्मद हुसेन धुनियाले बताए ।

इलाका प्रहरी कार्यालय मर्चवार प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकाल आफूूहरुले फरार शिक्षको खोजी गरिहेको बताए । ‘परिवारले उजुरी भने अहिलेसम्म दिएको छैन । ‘हामी खोजी गरिरहेका छौ । प्रक्रिया पुर्‍याएर पक्राउ गरी आवश्यक कारवाही गछौं,’ ढकालले भने ।  शिक्षकलाई अटेरी गरेको र गृहकार्य नगरेको कारण शिक्षकले उनलाई सामान्य तर्साएको उनको दावी छ । विद्यालयले कक्षा ४ सम्मको मात्र अनुमति लिएको पाइएको छ । Source: lokaantar.com

Leave a Reply