हिउँको कार्पेटमा टोड्के (फोटो फिचर)

0

यो सिजनको दोस्रोपटक हिजो शनिबार हिमपात भएपछि म्याग्दीको नयाँ र सुन्दर पर्यटकीयस्थल टोड्केमा आतबार विहानै सुर्योदय हुदाँ भुईमा रहेको हउँ चाँदी जस्तै टल्किएको थियो । नजिकै धौलागिरि हिमाल चाँदी जस्तै टल्केको दृष्यले त्यहाँ पुग्ने पर्यटकलाई समेत आर्कषित बनाएको छ ।

हिमपातको जानकारी पाएपछि शनिबार ठूलो संख्यामा बेनीबजार तथा आसपासका क्षेत्रबाट टोड्केमा हिउँमा रमाउन पुगेका थिए। बेनी अस्पतालमा कार्यरत चिकित्सक सहितको टोली, विभिन्न समुह बनाएर टोड्केमा पुगेकाहरुले अग्लो डाँडाबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे« सहितको हिमालको लामो लर्को देखेपछि दंग परे ।

आसपासमा लालीगुँरासको ठूलो जंगलमा फुल्ने सुरसारमा रहेको गुराँसमा हिउँ टाँसिएको दृष्यले समेत त्यहाँ पुग्नेलाई लोभ्याएको थियो । टोड्के रिर्सोटको छेउछाउमा रहेका बस्ने ठाउँ हिउँको कार्पेट जस्तै भएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट छोटो दुरीको घुम्ने पर्ने गन्तब्यको सूचीमा राख्ने गरेकाले पनि टोड्केलाई ग्रामिण पर्यटनको हिराको रुपमा समेत चिनिने टोड्केमा बाख्लो हिमपातले यस सिजनमा घुम्न जाने बाध्य बनाएको छ ।

१२ महिनै आन्तरिकको लर्को तथा फाटफुट विदेशी पर्यटक घुम्न जान्छन् । फागुन, चैत्र र बैशाख महिनामा वनपाखाहरुमा राता, गुलावी र सेता रङ्का साथै विभिन्न १९ प्रजातिका लालीगुराँसले ढकमक्क छोपिने टोड्के पुस र माघ महिनामा हिउँको घुम्टोभित्र हुन्छ। विभिन्न प्रजातिका लालीगुराँस र सेताम्मे हिमपात टोड्केको पहिचा नै हो ।

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के २ हजार ५ सय मिटर उचाइमा अवस्थित टोड्केको प्राकृतिक सून्दरताको जति बख्यान गरेपनि सकिदैन् । जिल्लाकै एउटा आर्कषक गन्तब्यको रुपमा चिनिएको टोड्केको सुन्दरता शनिबार थप झल्कियो। लस्करै हिमालमा हिउँ हेरेर फर्किने गरेका पर्यटकहरु शनिबार टोड्केको आगनमै हिउँमा रमाएको पर्यटकको भनाई छ ।

अधिर्कांस ग्रामिण बस्तीमा हिमपात हुदाँ सदरमुकाम बेनीबाट सवारीसाधनमा हिँउ खेल्न ठूलै समुह टोड्के पुग्छन्। प्रसिद्ध मालिका मन्दिरमा जाने तथा सदरमुकाम बेनीबाट पदमार्गले मालिका, बिम हुदै धौलागिरी पदमार्गको रुपमा समेत विकास भइरहेको टोड्केले आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको टोड्के रिर्सोटका सञ्चालक भिमप्रसाद शेरचनले बताए। उनका अनुसार हिमपातमा रमाउन आउनेहरु एकदिन रिर्सोटमै बस्न थालेपछि सहज भएको छ ।

टोड्के प्यूठान जिल्लाको स्वर्गद्धारी आश्रमको शाखा समेत भएकाले धार्मिक पर्यटकको प्रचुर सम्भावना छ । टोड्कका जंगलमा पाईने कालिज,बँदेल, मृग गाएतका बन्यजन्तु र चराचुरुङीको आवाजले समेत साँझपक फरक अनुभुती हुन्छ । टोड्केमा सदरमुकाम बेनीबाट विभिन्न पाँचवटा सवारीसाधन चल्ने रुट र बेनी हुलाकचोकबाट करिव ५ घण्टाको पैदलयात्रामा पुलाचौर, गाजने हुदै जंगलभित्रबाट यात्रा गर्न सकिन्छ । तस्वीर सौजन्य अनिश बानियाँ÷ म्याग्दी फुल डिजिटल कलर ल्याव

Leave a Reply