सल्लेनधारा बन उपभोक्ता समितिको सभा तथा तेस्रो अधिवेशन

0

ममता बराइली / बेनी नगरपालिका २ ज्यामरुक्कोट भकुण्डेमा रहेको सल्लेनधारा बन उपभोक्ता समितिको २० औ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । सभाको अवसरमा सल्लेनधारा बन उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पौड्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गदेै हरियो बन नेपालको मात्र धन नभई हामि सबैको सम्पङ्खिा भएको हुनाले यसलाई उपभोग र संरक्षण र्गनुपनि हामी सबैको कर्तब्य रहेको बताउनुभयो ।

‘हामिले बिरुवा लगाउछौ तर त्यसको संरक्षण र्गन सक्दैनौ’ उहले भन्नुभयो ।बन फाड्ने बेलामा दाउरा, घास काटने बेलामाधेरै उपभोक्ता आउने भएपनि संस्थाको कार्यक्रममा न्यून सहभागिता हुने गरेको बताइएको थियो ।

कार्यक्रममा बोल्दै सभाका प्रमुख अतिथी बेनी नगरपालिका–२ का वडा सदस्य सिता घिमिरेले समितिलाई चुस्त दुरुस्त राख्नको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सल्लेनधारा बन उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पौडेलको अध्यक्षता, आशा नेपालीको स्वागत मन्तब्य र समितिका सचिव यामबहादुर सुबेदिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सोहि अबसरमा सामुदायिक बन उपभोक्ता समितिको १२ सदस्यको कार्यसमिति चयन भएको छ। समितिको अध्यक्षमा पुनः भिमबहादुर पौडेल, उपाध्यक्षमा प्रेम बहादुर घिमिरे, सचिवमा पुनह याम बहादुर कार्की, कोषाध्यक्षमा ममता बिक र सदस्यहरुमा कौशिला घिमिरे,लाल बहादुर घिमिरे, दीप बहादुर घिमिरे,आशा घिमिरे, बिष्णु बिक, पम्फा बोहोरा, चन्द्र बहाद्र घिमिरे र टिका शर्मा चयन हुनुभएको छ ।

Leave a Reply