निलगिरी हाइड्रोपावरमा ट्रिपर दुर्घटनामा एक मजदुरको मृत्यु

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४, नारच्याङस्थित निलगिरी खोलामा निर्माणधिन अवस्थामा रहेको ३८ मेगावाट क्षमताको निलगिरी हाइड्रोपावर कम्पनीमा ट्रिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । भिरमा माटो फाल्ने क्रममा अचालक ट्रिपर ५० मिटर तल पल्टिदा घाइते भएका २८ बर्षका कुमार चौधरीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाईते भएका चौधरीको टाउकोमा चोट लागेको थियो ।

शनिबार दुर्घटनामा परेका चौधरी नवरपरासीका हुन् । निलगिरी खोलामा एकै साथ ३८ मेगावाट क्षमताको निलगिरी र ६२ मेगावाट क्षमताको निलगिरी क्यासकेड बनाउन धमाधम पूर्वाधारको काम भइरहेको छ । विगतमा समेत जलविद्युत आयोजनामा काम गर्ने क्रममा पटकपटक मजदुर दुर्घटनामा परेका छन् । भदौ महिनाको दोस्रो साता समेत सडक खन्ने क्रममा भीरबाट खसेर नारच्याङका २० वर्षीय चुमबहादुर पुर्जा र २९ वर्षीय खिमबहादुर चोचाङ्गी घाइते भएका थिए भने करिव दुई बर्ष अगाडी समेत उक्त आयोजनामा दुई जना मजदुरको भएको थियो ।

Leave a Reply