म्याग्दीमा पहिलोपटक स्क्रब टाइफसको बिरामी भेटिए

0

म्याग्दीमा पहिलोपटक एकजना बिरामीलाई स्क्रब टाइफसको संक्रमण देखिएको छ । बेनी नगरपालिका–९ की ६६ बर्षिया एक बृद्धालाई मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने रोग स्क्रब टाइफस देखिएको बेनी अस्पतालले जनाएको छ । ३ जना शङ्कास्पद बिरामीलाई जाँच गर्दा बृद्धामा स्क्रब टाइफस पोजिटिभ भेटिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेसिडेन्स चिकित्सक सुदिप अधिकारीले बताए ।

Illustration: Ratna Sagar Shrestha/THT

‘उहाँ उपचारपछि घर फर्किनुभएको छ,‘ यो सरुवा रोगहरु मध्येको एक हो’ डा. अधिकारीले भने । तीन महिनाका लागि बेनी अस्पतालमा कार्यरत डा. अधिकारीका अनुसार ग्रामिण क्षेत्रबाट ज्वरो निको नभएपछि उपचारको क्रममा अस्पतालमा आउँदास्क्रब टाइफस देखिएको बताउँदै जनचेतनाको अभावले विरामीको संख्या बढ्न सक्ने बताए ।

स्क्रब टाइफसका बिरामीमा आँखा रातो हुने, झाडापखला लाग्ने,टाउको दुख्ने, पसिना धेरै आउने, मुख्य किराले टोकेको ठाँउमा रातो डावर जस्तो समस्या देखिने गरेकोले रोगका बारेमा समुदायमा जानकारी गराउनुपर्ने डा. अधिकारीको भनाई छ । मुसाबाट सर्ने भएकाले घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउने, मुसाको बासस्थान भत्काउनुपर्ने अस्पतालका अर्का डा. मनोज घिमिरेले बताए।

स्क्रब टाइफसको एन्टिबायोटिक भएकाले औषधी प्रयोग गरेको २४ घण्टा भित्र ज्वरो नियन्त्रणमा आउने र विस्तारै निको हुने बेनी अस्पतालका चिकित्सकले बताएका छन् । बेनी अस्पताल, स्वास्थ्य कार्यालय सहित जिल्लाका सबै स्थानीय तहमा रहेका स्वास्थ्य शाखामार्फत प्रचारप्रसार गरी रोगका बारेमा जानकारी दिन समेत अपिल गरिएको छ ।

Leave a Reply