ढिस्को खस्दा डोजर सहित चालक बेपत्ता

0

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम हिलापोखरीमा सडक विस्तारको क्रममा डोजर पुरिदाँ चालक सम्पर्कविहिन भएका छन् । हिलापोखरीबाट खोरबाङ जोड्ने सडक विस्तारको क्रममा माथिबाट खसेको ढिस्कोले सोही गाउँपालिका वडा नं ४ मुदी खिवाङका शेरबहादुर पुन सम्पर्कविहिन भएको बताइएको छ । बागराज बिल्र्डसको एक्साभेटर भएको बताइएको छ ।
‘एक्कासी माथिबाट ढिस्को खसेर पुरिएको छ,‘केही भाग देखिएको छ’ घटनास्थलमा पुगेका गोपाल आचार्यले बेनीअनलाइनलाई भने । अघिल्लो भाग पुरिएको छ । घटनास्थलमा प्रहरी, स्थानीयबासीले पुरिएको भाग पन्छाउने प्रयास गरेका छन् । घटनास्थलमा प्रहरी सहित स्थानीय र जनप्रतिनिधि समेत पुगेका छन ।

Leave a Reply