‘खाडीमा सिकेको सीप रानीबनमा पोखियो’

0

१५ बर्षसम्म ठूला मेसिन चलाएका शेरबहादुर पुनलाई साथीहरूले भुईको पाइलट भनेर सम्बोधन गर्थे । खाडी मुलुकमा ठूला मेसिन चलाउन पोख्त पुनले डोजर, लोडेर, स्काभेटर जस्ता ठूला मेसिनमा चालकको रुपमा काम गरे। हेभी मेसिनमा डेढ दशक विताएका पुनलाई अनुभवी चालक भएकाले निर्माण कम्पनीले समेत आर्कषक तलब सहित सेवामा खटाउने गरेका थिए ।

घरपरिवारसँग सुुखी जीवन बिताउन धन कमाउने सपना बोकेर विदेशीका पुनले जीवनको उर्जाशील समय, श्रम र पसिना खाडी मूलुकमा विताए । ठूला मेसिनमा काम गरेका पुनले विदेशको यात्रालाई विट मादैं आफ्नै गाउँमा विदेशको सीपलाई प्रयोग गर्न दुई बर्ष अगाडी गाउँ फर्किएका थिए ।

विदेशको सीपसँगै उर्जा लिएर गाउँ फर्किएका पुनले नयाँ काम भन्दा पुरानै कामलाई निरन्तता दिन डोजरमा सेयर हालेर गाउँमा यूवाहरुसँग सहकार्य गरी आफ्नै लगानी रहेको बाघराज बिल्डर्सका मेसिनमा चालकको रुपमा काम गरे । आफ्नो पसिना, गाउँलेको विश्वास र गुणस्तरीय कामबाटै मन जितिरहेका पुनले घर फर्किएको केहीबर्षमै संसारबाटै विदा लिए ।

विदेशबाट फर्किदा पैदल हिडेको बस्ती तथा गोरेटो बाटोमा सवारीसाधन आवतजावत गर्ने बाटो बनाउन सक्रिय पुनको सोमबार धवलागिरी गाउँपालिका–७, हिलापोखरीको रानीवनमा सडक खन्ने क्रममा ढिस्को खसेर घटनास्थलमै मृत्यु भयो । ‘उहाँका धेरै सपनाहरु चकनाचुर भए’ कम्पनीका एक सञ्चालकले भने । हिलापोखरीदेखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सोमबार बिहान दुर्घटना भएपछि मृतक पुनको शव पोष्टमार्टमका लागि बेनी ल्याइएको छ । मृतक पुनको घरमा ३ छोरा १ छोरी र श्रीमति छन् ।

Leave a Reply