अष्ट्रेलियाको सहर सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम उद्घाटन गर्न पुगेका पर्यटनमन्त्री योगेश भट्टराईको र्यालीलाई त्यहाँको प्रहरीले रोकेको छ । प्रहरीले आयोजकसँग र्याली गर्नका लागि कार्यक्रम अनुमति नलिएका बताएको छ ।र्याली पर्यटनमन्त्री योगेश भट्टराईले गरेका थिए ।

जसमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहाल, न्यू साउथ वेल्समा नेपालका लागि कान्सुल अफ जनरल दीपक खड्का र काउन्सुल जनरल अफ नेपाल इन भिक्टोरियाका चन्द्र योञ्जन थिए ।

र्याली गर्न अनुमति नलिएको तथा ठूलो संख्यामा सडकमा र्याली गर्दा पैदल यात्रुलाई समेत असहज भएको प्रहरीले बताएको थियो प्रहरीले र्याली रोकेपछि सहभागीहरुले आयोजकलाई गाली गरेका थिए ।अहिले अष्ट्रेलियामा डेढेलो लागेर कम्तीमा २४ जनाको ज्यान गइसकेको छ । यस दुखद् घडीमा नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री भट्टराईको आलोचना समेत भएको छ । – एजेन्सी

Prakash Humagain

3 hours ago

हेप्नी!! हामीलाई हेप्नी ।। दुईतिहाईको सरकारका पर्यटन मन्त्रीलाई हेप्नी ।
हाम्रा मन्त्री, राजदुत सहितको १०० जनाजतिको विशाल परेडलाई ओपेरा हाउस जानवाट रोक्ने ???

Image may contain: 5 people, people smiling, outdoor