जन्मदिनमा विद्यार्थीदेखि संघसंस्थालाई सहयोग

0

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा एक सामुदायिक विद्यालयका शिक्षकले जन्मदिनको अवसरमा विभिन्न संघसंस्था र विद्यार्थीलाई सहयोग गरेर मनाउनुभएको छ ।

बेनी नगरपालिका–१, रत्नेचौर घर भई हाल धवलागिरी गाउँपालिका–७ धारापानीस्थीत किसानी माविमा कार्यरत शिक्षक विष्णु कार्की क्षेत्री जन्मदिनको अवसरमा कुनै औपचारिक कार्यक्रम नगरी विद्यालयको पुस्तकालयलाई पुस्तक, विपन्न विद्यार्थी सोम बहादुर विकलाई जुत्ता सहित शैक्षिक पोसाक, कक्षा ५ का २४ जना विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गर्नुभएको छ ।

त्यसैगरी परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आजिवन सदस्यताबापत ५ हजार ५५५ र रत्नेचौर परोपकारी संस्थालाई ५ हजार ५५ रुपैयाँ सहयोग गरेको बताउनुभयो ।

‘जन्मदिनका कुनै नयाँ योजना छैन,‘मलाई जन्मदिनमा अनावश्यक खर्च गर्न मन लाग्दैन’ क्षेत्रीले बेनीअनलाइनलाई भन्नुभयो। उहाँले जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीदेखि सामाजिक तथा मानविय सेवामा सक्रिय संघसंस्थालाई सहयोग गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । पछिल्लो समय जन्मदिनमा विभिन्न सामाजिक तथा मानविय सेवा गर्ने प्रचलन बढेको छ ।

Leave a Reply