माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई म्याग्दीमा शु्भारम्भ गर्ने गरी आगामी पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्च बेनीमा मेला आयोजना गरिने छ ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुने मेलाका बारेमा जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रर्दशन, स्थानीय उत्पादनका स्टल राखिने मूल संयोजक एवम् महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताउनुभयो ।

‘मेलाको तयारी सुरु भएको छ,‘सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौ’ अध्यक्ष केसीले भन्नुभयो । उहाँका अनुसार नेपाल भ्रमण बर्षलाई लक्षित गरी खुल्ला लोकगीत प्रतियोगिता, स्थानीय जातजातिको कला र संस्कृतिको संरक्षण सहितका कार्यक्रम प्रमुख आर्कषण रहेको बताउनुभयो ।

लोकगीतमा जिल्लाका सबै स्थानीय तहलाई समेट्ने गरी जिल्लाका सबै स्थानीय तहबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको बताउनुभयो । मेलाको अवसरमा सदरमुकाम बेनीमा जातिय भेषभुषा सहित बजार परिक्रममा, एकल नृत्य प्रतियोगिता, महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगिता समेत गरिने जनाइएको छ । मेलामा आर्कषक नृत्य मयूर नाचलाई समेत ल्याउन पहल भइरहेको बताउँदै मेलाअवधिभर महिला उद्यमीको उत्पादनलाई विक्री वितरणको विषेश ब्यवस्था समेत रहेको जनाइएको छ ।

‘उद्योग, ब्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलामा जिल्लाभित्रका पर्यटकीय, धार्मिक लगाएत सम्रग क्षेत्रलाई समेटेर फोटो प्रर्दशनरी समेत गरिने छ । कुल ९ लाख ३५ हजारको आयब्यय प्रस्तुत गरिएको कार्यक्रममा करिव ४० हजार बचत गर्ने लक्ष्य रहेको कोषाध्यक्ष सिर्जना भट्टचनले बताउनुभयो ।

Gepostet von बेनीअनलाइन – Benionline.com.np News am Mittwoch, 8. Januar 2020

पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्मा, द्धितिय उपाध्यक्ष राजेश शाक्य, महासचिव लिलाराम गौतम लगायत महिला उद्यमको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन सचिव बिष्णु गुरुङ र समापन प्रथम उपाध्यक्ष लक्ष्मी भण्डारी कार्कीले गर्नुभएको थियो ।