मन्त्री पुनको सक्रियतामा सडकबाट ११ जनाको उद्धार

0

पोखरामा चिसो ह्वात्तै बढीहाल्छ ।चिसोबाट बच्न हामी आ–आफ्नो सुर गर्छौँ । न्यानो ओढ्ने, आगो ताप्ने, हिटर लगाउनेहरुलाई चिसोले खासै छुदैन् ।तर, हामी सिरक अथवा ब्लाकेंट भित्र न्यानो भइरहँदा घरबास नभएर सडकमा रहँदै आएकालाई १२ महिना नै पुस,माघको जस्तै जाडोले सताइरहेको हुन्छ । पोखराका गल्लीहरु बाह्ै महिना चिासो धुईमा सुत्नेहरुलाई भेट्न रातको समयमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन पुगेकी छन् ।

हिजो मंगलबार साँझ साढे सात बजे मन्त्री पुनको नेतृत्वमा पोखरा महानगरका जनप्रतिनिधिमानव सेवा आश्रमका प्रतिनिधिलेखुला आकास ओतिएर बस्नेहरुलाई उद्धार गरेका छन् । पोखरालाई सडक मानवरहित शहर बनाउन विभिन्न ब्यक्तिहरुको उपस्थितीमा मंगलबारबाट अभियान सुरु भएको छ । साँझ ७ः३० बजेदेखि सुरु भएको अभियान ११ बजेसम्म जारी रहँदा सडकमा रहँदै आएका ११ जना मानिसहरुलाई मानव सेवा आश्रममा लगिएको छ ।

उद्धारपछि बोल्दै मन्त्री पुनले यो अभियान निरन्तर रहने जानकारी दिइन् । उनले उद्धार गरेकाहरुलाई आश्रममा लगेर राख्ने मात्रै नभएर व्यवहारमा समेत परिवर्तन हुने गरि कार्य गर्ने बताइन् । ‘उद्धार गरेर आश्रममा लगेर राख्ने मात्रै होइन, व्यवहारमा पनि परिवर्तन हुनेछ ।

जसका कारण उनिहरु आफ्नै घर गएर बस्न सकुन्, त्यसका लागि हामि लागिपरेका छौँ’ मन्त्री पुनले सुनाइन् । मन्त्री पुनले पोखरा मात्रै नभई आफ्नै गृहजिल्ला म्याग्दीबाट समेत बेसहारलाई आश्रमसम्म पुर्याउने पहल गरेकी छन् । उनले जिल्लाभित्र रहेका संघसंस्थासँग सहकार्य गरी अभियान सञ्चालन गरी सिंगो गण्डकी प्रदेशमा खुल्ला आकाशमा दिन विताउनेहरुलाई आश्रमसम्म पुर्याउन पहल गरेको स्वकिय सचिव प्रकाश पौडेलले बताए ।

Leave a Reply