नेपाल केन्पो काई संघ म्याग्दी शाखाको अध्यक्षमा पुन

0

नेपाल केन्पो काई संघ, म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुन मगर अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पुन मगर सहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग,कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका ,विवेक हमाल ,केशरमान पुन ,ललिन पुन,खेमबहादुर जुग्जाली,भिमसेन अधिकारी ,बिरेन्द्र पुन ,विनय जुग्जाली र जविन रोका चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल केन्पोकाई संघ,केन्द्रीय सचिव रबिन्द्र बज्रचार्यले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले संघको निति तथा कार्यक्रम अनुसार जिल्ला खेलकुदको विकासमा अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नयाँ कार्यसमितिका अध्यक्ष पुन मगरले संघको निति नियम तथा कार्यक्रम अनुसार जिल्लाको खेलकुदको विकासमा लाग्ने बताउनुभयो ।

उहाँले जिल्ला भित्र संचालन हुने केन्पोकाई भित्रका खेलहरुलाई व्यवस्थित बनाई राष्ट्रिय एव् अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनलाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा साउथ एसियन चिप कोच नाराज खड्का (हरि) ,केन्द्रिय सदस्य एवम् नेपाल केन्पोकाई संघ म्याग्दीका प्रशिक्षक अनुप गौचन लगायतको उपस्थिती रहेको थियो ।

साउथ एसियन चिप कोच खड्का अनुसार केन्पोकाई विदा अन्तर्गत पाँच खेल तरबार ,जुधो ,ज्याम्नाष्टि,किक बक्सिङ,कराते तथा आत्मरक्षा जस्ता खेलहरु रहेका हुन्छन् ।यसअघि जापानमा भएको४४ औं विश्व केन्पोकाई प्रतियोगितामा नेपालको तर्फबाट म्याग्दीबाट प्रशिक्षक एव् केन्द्रिय सदस्य अनुप गौचन सहित भिमसेन अधिकारी र नारायण सिंउथानी लगायतको टोलीले सहभागिता जनाएको थियो ।

Leave a Reply