बेनीमा ‘स्वस्थ मन र खुशीयाली जीवन’ विषयक प्रशिक्षण हुने

0

म्याग्दीको सदरमुकाम बेनीमा यही शनिबार ‘स्वस्थ मन एवं खुशीयाली जीवन’ विषयक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । बेनीबजार स्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयशाखा बेनीको आयोजनामा शनिबार विहान जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रममको आयोजना गरिएको हो ।

ख्याति प्राप्त वरिष्ठ प्रशिक्षक ब्रह्माकुमार बिजयराज सिग्देल र ब्रह्माकुमार रमण भट्टराईको उपस्थितिमा हुने कार्यक्रममा पेशाएवं व्यवसायमा व्यस्त रहेर पनिजीवनमा सच्चाशान्ति, आनन्द र खुशीको अनुभूति गर्नका लागि राजयोगको भुमीका,विश्वमा शान्तितथा समाजमा नैतिक मूल्य एवं मान्यताको अभिवृद्धि, चरित्र निर्माण तथा सु–संस्कारको जगेर्ना गर्न मानवमा आध्यात्मिक जागृति गराउने लगायत विविध विषय समेटिएको बेनी केन्द्रकी प्रमुख रिना दिदीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले शनिबार एकदिनको समय उपलब्ध गराउन समेत अपिल गर्नुभएको छ । मानसिक,चारित्रीक र आधात्मिक ज्ञानले मानव जिवनमा आवश्यकता बताउनुभयो । उक्त दिन जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, प्रतिनिधि, सर्वसाधारण लगायतको उपस्थिति रहने छ । बि.श २०६० सालमा बेनीमा स्थापना भएको केन्द्रले उपलब्ध गराउँदै आएको ज्ञानप्रति सर्वसाधारणको आर्कषण बढ्दै गइरहेको छ ।

Leave a Reply