नेकपामा प्रचण्डको भूमिकामा प्रश्न : ‘अध्यक्ष कि गुटका प्रमुख ?’

0
सत्तारूढ नेकपाको गत स्थायी समिति बैठकमा गुट/उपगुट झाँगिएर पार्टी संस्थागत हुन नसकेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चिन्ता व्यक्त गरेका थिए । उनले आफ्नो लिखित प्रतिवेदनमै भनेका थिए, ‘नेताहरू पार्टीभन्दा पनि गुटप्रति बफादार भएजस्तो देखियो, यो अन्त्य गर्नुपर्छ ।’
आफैंले पेस गरेको प्रतिवेदन र गुटबारे सामना गरेका सवाललाई चुनौती दिने गरी दाहाल गुटका भेला र छलफलमा सहभागी हुन थालेका छन् । यसले पार्टीको कार्यकारी अध्यक्ष भइकन पनि नेतैपिच्छे छलफल चलाउन थालेको भन्दै उनको आलोचना हुन थालेको छ । ‘उहाँ त सिंगो पार्टीको जिम्मेवारीमा रहनुभएको कार्यकारी अध्यक्ष हो, यसरी नेताका घरघर गएर स्वार्थ समूहको छलफल चलाउन मिल्छ ?’ एक स्थायी समिति सदस्यले भने, ‘कार्यकारी अध्यक्षबाट अनुशासनको उल्लंघन भयो ।’

Leave a Reply