एकता दिवसमा पुस २७ गते सार्वजनिक विदा

0

गोरखा नगरपालिकाले राष्ट्रिय एकता दिवसको दिन आइतबार पुस २७ गते सार्वजनिक विदा दिने भएको छ । नगर कार्यपालिकाले एक सूचना जारी गरी यस दिने विदा दिने जानकारी गराएको हो ।

गोरखाकै भीमसेन थापा गाउँपालिकाले पनि एकता दिवसको दिन विदा दिने निर्णय गरेको छ । पृथ्वीनारायण शाह गोरखाकै भएकोले यी २ स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । अहिले सार्वजनिक विदाको निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई नै दिइएकोले अन्य स्थानीय तहले पनि विदाको निर्णय गर्न सक्नेन् ।

Leave a Reply