म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजाको खर्कमा बहुउद्देश्यीय खेल मैदान निर्माण गरिएको छ । स्थानीय न्यू स्टार यूवा क्लवले करिव ४ रोपनीमा खेलकुद सहित विभिन्न गतिविधि सञ्चालन गर्ने गरी निर्माण गरेको मैदानको मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले उद्घाटन गदैं ब्यवस्थित खेलकुद मैदानका लागि गाउँपालिकाले समेत आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उहाँले गाउँपालिका भित्र एक वडा एक खेलकुद मैदानसँगै आवश्यकत अनुसार खेलमैदान विस्तार गरी खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।सोही अवसरमा वडा अध्यक्ष कविन्द्र रोकाले खेलकुदसँगै यूवाहरुमार्फत समुदायमा रचनात्मक कार्यमा समेत जोड दिनुभयो।

स्थानीय समाजसेवी तेजबहादुर खड्का, वडाका जनप्रतिनिधि, चन्दादाता लगायतको उपस्थिती रहेको कार्यक्रममा क्लवले जनप्रिय आधारभुत विद्यालयमा अध्ययनरत ५ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरेको थियो । सोही अवसरमा जेष्ठ नागरिक र चन्दादातालाई सम्मान समेत गरिएको थियो ।

क्लवका अध्यक्ष अनिल थापाको अध्यक्षता, स्वागत पूर्व सदस्य गोविन्द सापकोटा, गतिविधिका बारेमा सचिव दिप बहादुर पुन र सञ्चालन गणेश केसीले गर्नुभएको थियो ।कुल ८ लाख १२ हजार लागत रहेको छ । यसैबीच क्लवको आयोजनामा पुरुष, महिला, पौड भलिबल, ताराखेल लगायत सञ्चालन भइरहेको छ । क्लवले खेलकुद मैदानमा भविस्यमा भवन, भलिबल बाहेक बास्केटबल, फुटबल, लगायतका खेल खेल्न र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।