भारतमा बेपत्ता भएका म्याग्दीका एक यूवा फेला परेका छन् । मंगला गाउँपालिका–२ खुम्लिया घर भएका मुक्तिप्रसाद आचार्य गएको पौस २१ गतेदेखि बेपत्ता भएको आचार्यलाई भारतका यूवाहरुले फेला पारेको तस्विर बेनीअनलाइनलाई पठाएका छन् ।

भारतको सिलाङबाट घर आउँदै गर्दा बाटोमै सम्पर्कविहिन भएको आचार्यलाई बालाजी कलेज असम पथसलामा अध्ययरत चन्दन बिराटले सडकमा बेवारिसे अवस्थामा भेटिएको बताएका छन् । उनलाई स्थानीय प्रहरीमार्फत आफन्तको सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । मुक्तिप्रसादका बारेमा बेनीअनलाइनले समाचारा प्रकाशित गरेको थियो ।