म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाको तेह्रौ अधिवेशन आगामी जनवरी २५ तारिकमा हुने भएको छ । प्रवासी भूमिमा म्याग्देली एकता दिगो र उदाहरणीय बन्दै जावस भन्ने नारा सहित कोरियामा रहेका म्याग्देलीको साझा संस्था मोना दक्षिण कोरियाले अधिवेशनमा कोरियाका विभिन्न स्थानमा बसोबास गर्ने म्याग्देलीलाई सहभागीकताको अपिल गरेको छ ।

‘हामी म्याग्देली साझा संस्थामा आवद्ध हुन आवश्यक छ,‘दुख पर्दा संस्थाबाट धेरै सहयोग मिल्छ’ अध्यक्ष किसन सेञ्चुरीले भने ।  उनका अनुसार अधिवेशनको अवसरमा मोना सहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको समेत उपस्थिती रहने छ ।नमस्ते रेष्टुरेन्टको सभाहलमा आयोजित अधिवेशनबाट नयाँ नेतृत्व सहित हालसम्मका सम्पूर्ण गतिविधिका बारेमा समेत जानकारी गराउने कार्यक्रम रहेको मोनाले जनाएको छ ।

मोना कोरियामार्फत म्याग्दीमा शिक्षा, स्वास्थ्य, सामाजिक लगातयका अभियानमा ठूलो सहयोग भएको छ । रोजगार, शिक्षा, ब्यवसाय तथा पारिवारिक कामको सिलसिलामा कोरियामा पुगेका म्याग्देलीले त्यहाँ खेलकुद गतिविधिमा समेत संलग्न छन् । मोना कोरियाले भलिबल, फुटबल, कोरियाली घर लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।