म्याग्दी बहुमुखी क्याम्पसलाई ‘क्युएए’ प्रमाणपत्र

0

म्याग्दी बहुमुखी क्याम्पसले अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगले सोमबार एक समारोहका क्याम्पसलाई क्यूएएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तीका लागि तयार गरिएका १ सय २० सूचकमा म्याग्दीले अधिकांस सूचक पुरा गरेसँगै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुबेदीले क्याम्पसका सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदी, क्याम्पस प्रमुख टिकाराम सापकोटालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

सन् २०१२ मा क्यूएएका लागि आसयपत्र प्रस्तुत गरेको म्याग्दी क्याम्पसले एकबर्षमा आवश्यक तयारीलाई तिब्रता दिएको थियो ।दु्रत गतिमा आवश्यक सूचकमा छर्लाङ मारेसँगै क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

गत असोज १ देखि ५ गतेसम्म गते समकक्षी परिक्षण भ्रमणका लागि प्रा.डा. बासुदेव काफ्लेको नेतृत्वमा विज्ञ प्रा.डा. पंकज कुमार नटवारललाल गञ्जारा लगायतको ५ सदस्यीय टोलीले गुणस्तर परिक्षण गरेपछि अनुदान आयोगलाई प्रमाणपत्रका लागी सिफारिस गरेको थियो । सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले अन्तराष्ट्रिय मान्यता प्राप्तले जिल्लाकै शैक्षिक क्षेत्रमा कोशेढुंगा सावित भएको बताउनुभयो । उहाँले म्याग्दी बहुमुखी क्याम्पस अब गण्डकी प्रदेशकै शैक्षिक हब बन्ने बताउनुभयो ।

आयोगले तोकेको १२० सूचकलाई १ सय अकंमा मापन गरिने भएकाले क्याम्पसले ५० अंक प्राप्त गरेमा ५ बर्षका लागि गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्ने भएपनि आयोगको हरेक अनुगमनमा क्याम्पसको नतिजा न्यूनतम भन्दा धेरै थियो । क्युएए सम्बन्धन प्राप्त गरेका क्याम्पसका जनशक्ती दक्ष हुने, क्याम्पसमा आर्थिक, भौतिक तथा सम्रग पक्षमा सक्षम हुने क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो ।

आयोगले तोकेका ८ क्षेत्र र त्यस अन्तरगतका सूचकका आधारम स्व– समिक्षा सहित प्रतिवेदन, पुस्तकालयमा बारकोड रिडर, पुस्तक, फर्निचर खरिद, खेलकुद मैदान निर्माण, भवनको मर्मत, पाठयोजना निर्माण, सभाहल निर्माण, आन्तरिक गुणस्तर समुहमार्फत समेत दर्जनौ कार्य निर्धारित समयमै सकिएको थियो ।

सम्मानपत्र हस्तान्तरण समारोहमा पूर्व महिला तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापा, सञ्चालक समितिका उपाध्यक्ष सोमनाथ ढुंगाना, सदस्यहरू राजकुमार थापा, हेमराज शर्मा, सहायक क्याम्पस प्रमुखद्धय श्रीधर सुबेदी, पशुनाथ ढकाल,क्यूएए फोकल पर्सन गोरख बहादुर जिसी लगायत सञ्चालक समितिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो । करिव ४५ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्लस टु, स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानविकी संकाय र ब्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन समेत भइरहेको छ । क्याम्पसमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् ।

 

Leave a Reply