सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लप नेतृत्वको (नेकपा)को म्याग्दी जिल्ला नेता रेशम सापकोटा घरबाटै पक्राउ गरेको छ । बेनी नगरपालिका–२ स्यानालेक स्थित घरबाट आइतबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो सापकोटाको घरमा खानतलासी गर्दा हतियार समेत बरामद भएको प्रहरी निरिक्षक धुबप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार ३०३ भि ८९४० नम्बरको राइफल १ नाल, सोको सात राउण्ड म्याग्जिनमा भरिएको गोली बरामद भएको छ। यस्तै लोड गरि राखेको एक नाले भरुवा बन्दुक, तीन डब्बा बारुदको छर्रा, तीन थान रसिद र १५ थान दस्तावेज बरामद भएको प्रहरी निरिक्षक शर्माले बताउनुभयो । सापकोटालाई रातीनै बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।