राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बेनी नगरपालिका–२, खवरा स्थती हंशबाहिनी आधारभुत विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाईन्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण गरेको हो ।

शाखा प्रबन्धक अर्जुन तिवारीले बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गदै आइरहेको बताउनुभयो। बैंकमार्फत प्रवाह हुने सेवासँगै वित्तिय साक्षरता कार्यक्रमका बारेमा समेत जानकारी गराइएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिती सदस्य गौमती नेपाली र प्रधानाध्यापक हृदयकुमार श्रेष्ठले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिदै यस्ता सहयोगी कार्यहरुको संधै स्मरण गरिने बताउनुभयो । सहयोगले विपन्न परिवारका विद्यार्थीलाई थप राहत मिलेको विद्यालयले जनाएको छ। कार्यक्रमको शिक्षक सरस्वती अधिकारीले सञ्चालन र शिक्षक भोजनाथ शर्माले स्वागत गरेका थिए ।

विज्ञापन