जटिल रोगबाट ग्रसित दुई बालिकालाई मगर संघ स्पेनले आर्थिक सहयोग गरेको छ। जिल्लाको मंगला गाउँपालिका–१, कुहुँको देउराली यूवा क्लवको संयोजनमा आयोजित कार्यक्रममा पूर्णगाउँकी मृगौला पीडित ८ बर्षिया आशा पुनलाई ३० हजार र मंगला–३, बरंजा बादरेकी बे्रन ट्यूमर पीडित रोशनी घर्ती मगरलाई ४३ हजार हस्तान्तरण गरिएको छ ।

देउराली यूवा क्लवका संस्थापक अध्यक्ष हाल स्पेनमा रहेका रुपेश राम्जालीको संयोजकत्वमा संकलन भएको आर्थिक मगर संघ स्पेन का अध्यक्ष बुद्ध थापा मगरले उपचारमा आर्थिक समस्या भएपछि हस्तान्तरण गरिएको बताए ।

‘आर्थिक अभावले उपचारमा समस्या भएको जानकारी पाएपछि सहयोग गरेका छौ,‘सानो सहयोग भएपनि उपचारमा सहज हुने अपेक्षा गरेका छौ’ अध्यक्ष मगरको भनाई उद्धित गदैं देउराली यूवा क्लवका सचिव एकजित रोकाले भने ।

सहयोग हस्तान्तरण कार्यक्रममा कुहूँ समाज काठमाडौ कोषाध्यक्ष रुक बहादुर राम्जालीले सहयोगले उपचारमा सहज हुने भएकाले थप सहयोगको अपिल गरेका थिए । दुवै पीडित बालिकाको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा थप सहयोगको याचना गरिएको थियो ।