जिल्लाको मालिका गाउँपालिका–२, मा रहेको नब शिर्जना यूवा क्लव विकास निर्माण सहित सामाजिक जनचेतना फैलाउने अभियानमा सक्रिय छ । गाउँभित्र हुने विकास निर्माण, मानवीय सेवा तथा आवश्यकत अनुसार समुदायसँगै सहकार्य गरी विभिन्न रचनात्मक क्रियाकलापमा सक्रिय रहेको यूवा क्लवले स्थानीय भुमिका दर्जीको उपचारमा आर्थिक सहयोग गरी हस्तान्तरण गरेको छ ।

घाँस काट्न गएकी दर्जीको रुखबाट एक्कासी खसेर कम्मरमुनीको भागले काम गर्न छोडेपछि उपचार तथा घरायसी खर्चमा आर्थिक अभावलाई मध्यनजर गरी क्लवले ३५ हजार ५२५ रुपैयाँ आर्थिक संकलन गरेको क्लवका भूपेन्द्र नेपालीले बताए ।

उनका अनुसार घाईते अवस्थामा उपचारसँगै विभिन्न सहयोगहरुमा समेत क्लवमार्फत अभियान सञ्चालन गरिएको बताए । सहयोग रकम वडा प्रतिििनधि हिराबहादुर बुढा र क्लव अध्यक्ष जीवन रोकाले हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्लव अध्यक्ष रोकाले क्लवमार्फत सामाजिक अभियानलाई थप प्रभावकारी बनाउनुका साथै गाउँमा आवश्यक पर्ने कार्यमा समेत सक्रिय हुने बताए ।

उनका अनुसार गाउँपालिकाले सञ्चालन गरेका अभियानमा समेत क्लवले साथ दिएको छ । त्यस्तै सामाजिक गतिविधि, विकृति र बिसंगतीको न्यूनिकरण सहितको कार्यलाई आगामी दिनमा समेत थप प्रभावकारी बनाउने गरी क्लव सक्रिय हुने बताए । क्लवले बालबालिका, यूवा तथा बृद्धबृद्धाको सहयोगका साथै कुनैपनि समस्यामा साथ दिने गरी थप योजना समेत बनाइरहेको छ । विकट बस्ती भएकाले सामािजक जनचेतनाको अभावमा हुने घटनालाई समेत न्यूनिकरण गर्ने क्लवले जनाएको छ ।