गायक निशान भट्टराईको सडक दुर्घटनामा परी मृत्यु भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

वरिष्ठ संगीतकार मिलन मोक्तानका अनुसार उनको पशुपती आर्यघाटमा आजै दिउँसो १ बजे अन्त्येष्टि गरिँदैछ । गजल गायकीका कारण निकै चर्चित भट्टराइ स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली तथा गजल गाउँदै आइरहेका थिए । उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत थिए।