एक वर्षअघि सार्वजनिक बसकाे पछिल्लाे सिटमा बसेर युवतीमाथि अश्लील हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बसभित्रै हस्तमैथुन गरेर युवतीकाे कपालमा वीर्य फालिएकाे भिडियाे बनाउने ती युवकलाइ चितवनबाट पक्राउ गरिएकाे हाे ।

भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रविन सार्की भनिने रविन रूचाललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । उनका च्याटहरु अनुसन्धान गर्दै जाँदा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडियाे अपलोड गरेको देखिएको प्रहरीले जनाएकाे छ ।

काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका रविनले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडियाे बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यस्ताे हर्कत गरेकाे बयान दिएका छन् । रविनले ४ वटा इमेल आइडी र तीन इन्स्टाग्राम एकाउन्ट खाेलेकाे समेत अनुसन्धानबाट खुलेकाे छ ।

प्रहरीका अनुसार रविनले नै सो भिडियो बनाएको र भिडियोमा रहेका व्यक्ति उनी नै रहेको निर्क्याैल गर्नका लागि हस्तमैथुन गर्दाकै अवस्था (रेज कन्स्ट्रक्सन) सँग दाँजेर पुष्टि गरिएकाे हाे । उक्त अश्लिल भिडियाे भाइरल भएपछि रविन भागेर भारत गएका थिए । सात महिनापछि चितवन फर्किएको प्रहरीकाे भनाइ छ ।

गत साल कार्तिकमा उनले हस्तमैथुन गरेर काठमाडाैँकै एक सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीको कपालमा आफ्नो वीर्यपतन गरेकाे भिडियाे बनाएका थिए । साे भिडियाे सामाजिक सञ्जालमा भाइरल बनेपछि यसले प्रहरीलाइ नै हैरान बनाएकाे थियाे । त्यसपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेकाे थियाे ।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ । कसूर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।