भारोत्तोलन खेलाडी तारादेवी पुनलाई म्याग्दीमा भब्य स्वागत तथा सम्मान गरिएको छ । १३ औ एशियाली खेलकुदमा कास्य पदक विजेता पुनलाई बेनीमा आयोजित माघेसङ्क्रान्ति मेलाको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले नगद सहित सम्मानपत्र, महिला उद्यम विकास समितिले दोसल्ला र कदरपत्रले गण्डकी प्रदेशकी सांसद विनोद केसीले सम्मान गरे ।

त्यस्तै रघुगंगा गाउँपालिका १ तिप्लाङमा कालिगण्डकी बाबा समुहले समेत सम्मान गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा जन्मिएकी पुन नेपालबाट लगातार अन्तराष्ट्रियस्तरको भारोत्तोलन खेल्ने महिला खेलाडी हुन् । नेपालकी स्ट्रङगेष्ट वुमेनको उपमा समेत पाएकी पुनले सम्मानबाट उत्साहित भएको बताईन् ।

सन् २०५९ सालबाट भारोत्तोलनमा प्रवेश गरी राष्ट्रियस्तरमा समेत दर्जनौ खेलमा उत्कृष्ट भएकी पुनले आफ्नो उपाधीलाई जिल्लाको प्रतिष्ठा संग जोड्ने गरेको बताईन् । नेपाल पुलिस क्लवमा समेत आवद्ध रहेकी पुनलाई माघेसङ्क्रान्तिको अवसरमा मगर संघले सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । पुनलाई साहसिक चेलीको नामले समेत चिनिन्छ ।