साविकको धौलागिरीबाट लिक विजेता हुदै म्याग्दी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताका लागि छनौट भएको छ । एन्फामा आवद्ध नभएको जिल्लालाई समेत कपमा सहभागी बनाउने निर्णय अनुसार सम्पन्न खेलमा म्याग्दीले दुईवटै खेल जितेको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामा एन्फमा आवद्ध नभएको मुस्ताङ, म्याग्दी र पर्वत जिल्ला बीच बेनी नगरपालिका वडा नं १ रत्नेचौर र बागलुङमा भएको खेलमा म्याग्दीले सानदार खेल देखाउदै छनौट भएको हो ।  छनौट खेल अन्तरगत म्याग्दीले मुस्ताङलाई ०–९ गोल र पर्वतलाई २ का बिरुद्ध ४ गोल प्रहार गरेको थियो ।

क्षेत्रीयस्तरको खेलमैदान रत्नेचौर र बागलुङमा सम्पन्न भएको खेलमा म्याग्दीले लिग विजेताको रुपमा मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय फुटबलमा सहभागी हुने जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । दुईदिन सम्म सञ्चालन भएको प्रतियोगिताको बेनी नगरपालिका १ का वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गरेका थिए । लिग कम नक आउटका आधारमा सञ्चालन गरिने छ ।

म्याग्दीका फुटबल खेलाडीले लिगम उत्कृष्ट खेल देखाउने बताएका छन् । प्रतियोगितामा प्रतियोगितामा विजेता टोलीले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन्। प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वा्धिक गोलकर्तालाई जनही पाँच–पाँच रुपैयाँ हजार पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।