म्याग्दीमा पाँचौ राष्ट्रिय योग दिवस मनाइयो

0

स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्ने बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

पाँचौ राष्ट्रिय योग दिवसको अवसरमा नविन आनन्द योग केन्द्र बेनीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गदै. जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसीले योगले परिवार, समाज र राष्ट्रलाई प्रत्यक्ष, अप्रत्यक्ष फाईदा हुने भएकाले पनि योगको महत्वका बारेमा सहर देखी गाउँसम्म पु¥याउनुपर्ने बताउनुभएको थियो ।

सोही अवसरमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवपूसाद रेग्मी,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य,जिल्ला हुलाक अधिकृत साधना कुमारी श्रेष्ठ, जिल्ला आयुर्वेद अस्पतालका डा. मधुरजी ढकालले शरीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग भएको बताउनुभएको थियो । केन्द्रका अध्यक्ष योगी नविन जुग्जालीले पछिल्लो समय जिल्लाका स्थानीय तहहरुमा समेत योग प्रशिक्षणको अवसर मिलेको बताउनुभएको थियो ।

उहाँले योग साधनाले शारिरीक ,मानसि तथा सामाजिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । अध्यक्ष जुग्जालीको अध्यक्षता,सचिव हरिप्रसाद पौडेलको संचालन तथा उपाध्यक्ष सुरेन्द्रराज शर्माको स्वागतमा सम्पन्न भएको कार्यक्रममा समाजसेवी विमला गौचन,कम्म्मायाँ पूर्जा गर्बुजा र इश्वरी सापकोटालाई सम्मान गरिएको थियो । म्याग्दीमा करिव ३ हजार जनाले योग गर्ने गरेको केन्द्रले जनाएको छ ।

Leave a Reply