मोटरसाइकल दुर्घटनामा दुईजना घाइते

0

बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनीमा मोटरसाइकल दुर्घटना भएको छ । बेनी नगरपालिका–८, क्याम्पसचोक नजिक दुर्घटना हुदाँ दुईजना घाईते भएका छन् । तिब्र गतिमा आएको मोटरसाईकल दुर्घटनामा बेनी नगरपालिका–५ की पवित्रा पाईजा र पैदलयात्री बेनपा–८ बस्ने सिता कार्की रहेको प्रहरीले जनाएको छ। घाईते पाईजाको टाउकोमा चोट लागेको थप उपचारका लागि पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ ।

टाउकोमा चोट लागेको अवस्थामा थप उपचारका लागि सहज हुने भएकाले पोखरा पठाइए पनि घाईते खतरामुक्त रहेको स्वास्थ्यकर्मीको भनाई छ । घाईते कार्कीको बेनी अस्पतालमै उपचार भइरहेको छ । सडकमा ध १ प ८८३९ नम्बरको मोटरसाईकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार बैकुण्ठ पौडेलले बताए । उनका अनुसार मोटरसाईकल चालकको खोजी भइरहेको छ । दुर्घटनास्थलबाट मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । बेनीबजारमा साँधुरो सडकमा दुर्घटनाको जोखिम रहेको छ ।

Leave a Reply