तपाईंलाई कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? छ भने सचेत रहनुहोला ।छोटो समयमै धेरै पैसा कमाउने आसमा हुनुहुन्छ भने पछुताउनुपर्ला ।भारतमा खुलेका नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई ठग्दै आएको छ ।
पछिल्लो समय राम्रो रोजगारी मिलाईदिने आशा देखाएर नेपालबाट युवायुवतीलाई फकाएर लैजाने घटना बढ्दै गएको छ ।स्थानीय प्रशासनले चासो नदिएकाले दैनिक सयौं नेपाली युवायुवती भारत पुगेर ठगिएका छन् । विस्तृत खबर राजधानी दैनिकमा छ ।