पृथ्वीका कैंयौ प्रजातिहरु लोप भइरहेका छन् । कति त संकटको अवस्थामा छन् । तर, वैज्ञानिकहरुले लोप हुनै लागेको एउटा प्रजातिको कछुवाको भाले फेला पारेर ८ सय कछुवा उत्पादन गरेका छन् । लोप हुने अवस्थामा पुगेको चेलोनोएडिस हुडेनसिस प्रजातिको कछुवाको एउटा भाले फेला प¥यो । यसको शुक्रकिटबाट ८ सय कछुवाका बच्चा जन्मिएसँगै कछुवाको वंश जोगिएको छ ।

यो कछुवाको उमेर अहिले १ सय वर्षको भइसकेको छ भने वजन ४० किलो छ । करिब ५० वर्षअघि यो प्रजातिका केवल दुइटा भाले कछुवा र १२ वटा पोथी कछुवामात्र जीवित थिए । प्रशान्त महासागरस्थित गालापागोस टापुमा पाइने यो कछुवा लोपोन्मुख अवस्थामा छ । यस्तोमा यो प्रजातिलाई बचाउनका लागि सन् १९६५ मा नियन्त्रित प्रजनन कार्यक्रमको माध्यमबाट ती सबै कछुवालाई अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित सान्टा क्रूज आइल्याण्ड चिडियाखानामा ल्याइयो ।

चिडियाखानामा डिएगो नामको भालेलाई १२ वटा पोथी कछुवासँगै राखियो । चिडियाखानाको क्याप्टिभ ब्रिडिङ कार्यक्रम निकै सफल देखियो । कुनै समय जम्मा १४ वटाको संख्यामा रहेको उक्त कछुवाको संख्या अहिले २ हजार पुगिसकेको छ। अर्थात् अहिले पृथ्वीमा रहेका उक्त कछुवाको कूल संख्यामध्ये झण्डै ४० प्रतिशत त डिएगोकै सन्तान हुन् ।करिब पाँच दशकसम्म सन्तान उत्पादन कार्यमा खटिएको डिएगो आगामी मार्च महिनादेखिचाहिँ सेवा निवृत्त हुने भएको छ । त्यससँगै डिएगोलाई गालापागोस टापुस्थित आफ्नो पूरानो घरमा ल्याइनेछ । Agency