माछापुच्छ्रे त्रिसक्ति युनाइटेड क्लब पोखराले आयोजना गरेको प्रदेश स्तरिय खुल्ला फुटबल प्रतियोगितामा म्याग्दी बिजय सुरुवात गरेको छ ।
बिहिबार सम्पन्न खेलमा हेम्जा युनाइटेड क्लबलाई पेनाल्टी शुट आउट मा पराजित गर्दै दोस्रो चरण मा प्रबेश गरेको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेर बराबरी खेलेका थिए ।  म्याग्दी को तर्फ बाट मनिस श्रेष्ठ ले १ गोल प्रहार गरेका थिए ।          पेनाल्टी शुट आउटमा २ का बिरुद्द ४ गोल प्रहार गरेको खेलकुद बिकास समितीका निबर्तमान अध्यक्ष कृष्णकुमार बिश्वकर्माले जानकारी दिए । उक्त प्रतियोगितामा गण्डकी प्रदेशका एन्फा आवद्द र एन्फा बाहेकका ११ जिल्लाका खेलाडीहरु सहभागी छन ।
हिजो सम्पन्न गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल छनौट प्रतियोगितामा म्याग्दीले पर्बत र मुस्ताङलाइ पराजित गर्दै प्रतियोगिता को लागि छनौट भएको थियो ।
म्याग्दीमा संचालन हुने जेसिज कप तथा बिभिन्न युवा क्लबले गर्ने फुटवल प्रतियोगीताले समेत पछिल्लो समय म्याग्दीका खेलाडीहरु जिल्ला बाहिर हुने फुटबलमा राम्रो खेल प्रदशन गर्ने गरेका छन ।