बुद्ध बहुउद्देश्यीय सहकारी संस्था लि.को २० औं साधारणसभाबाट अध्यक्षमा प्रमोद श्रेष्ठ निर्वाचित भएका छन् । बेनीमा सम्पन्न साधारणसभाबाट उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सचिव अम्बिक श्रेष्ठ, कोषाध्यक्ष रामकृष्ण बराईली, उपसचिव उत्तमकुमार कर्माचार्य रहेका छन् । त्यसैगरी सदस्यहरुमा नारायणप्रसाद श्रेष्ठ, चन्द्रप्रकाश बराईली,तमन पुन र बाबुराम रेग्मी रहेका छन् ।                      त्यस्तै लेखा समिति संयोजकमा हेमन्त थापा, सदस्यहरुमा बम बहादुर पुन र कुविरकुमार श्रेष्ठ रहेको प्रबन्धक राजकुमार श्रेष्ठले जानकारी दिए ।
साधारणसभाको उद्घाटन पूर्व अध्यक्ष जिवनकुमार विश्वकर्माले गरेका थिए । उद्घाटनको अवसरमा बोल्दै सहकारीमार्फत उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्नेमा जोड दिइएको थियो ।      चुक्ता पूँजी   २ करोड ७८ लाख, २९ हजार रहेको सहकारीको गत आवको खर्च २ करोड ७२ लाख ४८ हजार ६ सय रहेको छ भने नाफा ६ लाख ४२ हजार ६ सय रहेको छ । नवनिर्वाचत अध्यक्ष श्रेष्ठले सहकारीमार्फत कर्जा प्रवाहसँगै विभिन्न कार्यक्रम गर्ने बताएका थिए । विजय श्रेष्ठको अध्यक्षता, स्वागत उत्तमकुमार कर्माचार्यले गरेका थिए । ठाकुर सुबेदी