अन्नपूर्ण बेस क्याम्पबाट ६२ पर्यटकको उद्धार, हिउँमा पुरिएका चार विदेशी र तीन नेपाली भेटिएनन्

0

अन्नपूर्ण बेसक्याम्पबाट ६२ पर्यकटकको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार एकसय बढी पर्यटक मध्ये ६२ जनालाइ उद्धार गरेर छोमरोङ ल्याइएको हो । बाँकी केही सम्पर्कमा रहेपनि ७ जना भने अझै बेपत्ता रहेका छन् ।

उनीहरुको खोजिका लागि अहिले पनि हेलिकोप्टर मार्फत खोजी र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।शुक्रबार हिउँको डल्ला खसेर ४ जना कोरियाली र ३ नेपाली गरी ७ जना बेपत्ता भएको प्रहरीको भनाइ छ । अहिले उनीहरु पुरिएको स्थान देउराली भन्ने ठाउँमा पुगेर प्रहरी र स्थानीयले हिउँ पन्छाउन थालेका छन्।सम्पर्क विहीन भएकामा कोरियाली नागरिकहरु ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् भने हराएका नेपालीहरुमा गाइड सरोज परियार बाहेक अन्य दुईको पहिचान खुलेको छैन ।

Leave a Reply