निबन्धलेखन प्रतियोगितामा माउण्ट एभरेष्ट प्रथम

0

निबन्धलेखन प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । २१औं भूकम्प सुरक्षा दिवस–२०७६ को अवसरमा शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले आयोजना गरेको निबन्धलेखन प्रतियोगितामा माउण्ट एभरेष्ट आमावि प्रथम भएको हो ।

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजित निबन्धलेखनमा माउण्ट एभरेष्टका रक्षा पौडेल प्रथम, प्रकाश माविका सभन मल्ल द्वितीय, माउण्ट एभरेष्टकै टोनी छन्त्याल तृतीय र प्रकाश माविका सबिना कार्की सान्त्वना भएका थिए ।

उनीहरुलाई क्रमशः नगद चारहजार, तीनहजार, दुईहजार र एकहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । निबन्धलेखन प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले भूकम्प आफैमा समस्या नभएको तर, जनचेतनाको अभावले विकराल रुप लिने गरेको बताए । उनले समाजमा भूकम्पका विषयमा जनचेतना फैलाउन आवश्यक रहेकाले सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply