मोना हङकङले एईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

0

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले गएको दुई बर्षमा म्याग्दीका सामुदायीक विद्यालयबाट एइईमा संम्मलित भएर जिल्लामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर नगद सहित सम्मा गरेको हो । मोना हङकङको ट्रष्ट फण्डबाट २०७४ सालको एसईइमा सामुदायीक विद्यालयबाट उत्कृष्ट ३।९० जिपिए ल्याउने रघुगंगा गाउँपालिका–२ भगवतिको मुक्तिधाम माविका अनुपम कटुवाललाई नगद ४० हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै छात्रा तर्फ ३।७० उत्कृष्ट जिपिए ल्याउने बेनी सामुदायीक मावि बेनीका अस्नबि शर्मा र आशिका आचार्यलाई नगद १२ हजार ५ सयका दरले नगद र सम्मान पत्रले सम्मा गरिएको थियो । विद्यालयमा उत्कृष्ट जिपिए ल्याउनमा सहयोग गरेको भन्दै मुक्तिधामका प्रअ अम्मर केसी र बेनी सामुदायीक माविका प्रअ दिपक श्रेष्ठलाई नगद सहित सम्मान गरेको हो ।

त्यस्तै कार्यक्रममा २०७५ सालको एसईई परिक्षामा सामुदायीक विद्यालयबाट सहभागिता जनाई जिल्लामा नै उत्कृष्ट जिपिए ल्याउन सफल हुने राष्ट्रिय मावि घतानका निसान चोखाल , छात्रा तर्फ ६।६४जिपिए ल्याउने गलेश्वर माविकी मनिषा किसानलाई क्रमश ४० हजार २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

उक्त विद्यालयका प्रअलाई पनी नगद र सम्मान पत्रले विद्यार्थीले राम्रो अंक ल्याउनमो योगदान पु¥याएको भन्दै नगद सहित सम्मान पनी गरेको थियो । सोही अवसरमा मोना हङकङ महिला बिभागद्धारा संकलित अनाथ बालबालिकालाई आर्थीक सहयोग हस्तातरण कार्यक्रम पनी गरिएको थियो ।

जिल्लाको स्थानीय तहको सिफारिसमा प्रत्येक बालबालिकालाई नगद ५५ हजार ५५ रुपैयाँका दरले बेनी नगरपालिकामा बाल सारधा आधारभूत विद्यालयका करण जिसी, अन्नपूर्ण गाउँपालिकाका कैलाश माविकी कुसुम राम्जाली, मंगल गापाकाको ज्ञानोदय आधारभूत विद्यालयका भरत कुमार सुनुवार, मालिका गापाको हेम माविकी वभिना बुढा र रघुगंगा गाउँपालिका अम्मर माविमा कक्षा ३ मा अध्ययनरत साहाना बुढालाई हस्तातरण गरिएको थियो ।  सांस्कृतीक कार्यक्रमको आयोजना गरि त्यहाँ संकलन भएको आर्थीक रकमलाई जिल्लामा रहेका अनाथ, गरिव र जुन बालबालिका आर्थीक अभावका कारणले विद्यालय जानबाट बञ्चित नहुन भन्ने उदेश्यले संकलन गरिएको रकम हस्तातरण गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले रोजगारिके शिलशिलामा आफ्नो जन्मभुमी छोडेर प्रदेशमा पसिना बगाएको रकमले विद्यालयको हौसला प्रधान गर्ने कार्य गरेकोमा मोना हङकङको प्रशंसा गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा अध्ययनको रुचि बढ्ने उहाँको भनाई थियो ।

कार्यक्रममा साहक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, सम्मानित हुने विद्यार्थीहरुको तर्फबाट अनुपम कुटुवाल लगाएतले बोल्नुभएको थियो । अक्षषकोषका कार्यबाहक अध्यक्ष प्रमोद श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रमको बारेमा मोना हङकङका स्थापक अध्यक्ष टोमराज राम्जालीले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सञ्चालन रमेश गिरीले गर्नुभएको थियो ।

Leave a Reply