जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा गलेश्वर आर्दश मावि प्रथम

0

म्याग्दीमा आयोजित जिल्लास्तरीय मावि तहको हाजिरीजवाफ प्रतियोगितामा गलेश्वर आर्दश मावि प्रथम भएको छ । शनिबार सम्पन्न भएको फाइनलमा बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित विद्यालयबाट सहभागी जेनिश सुबेदी, जेनिशा सुबेदीको समुह प्रथम भएको हो ।

फाइनलमा १६० अंक प्राप्त गर्दै गलेश्वर आदर्श प्रथम भएको हो । प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवासीय माविका श्रेया श्रेष्ठ र केशव रोकाको समुहले १२० अंक प्राप्त गदैं द्धितिय भएका छन् ।

प्रतियोगितामा रघुगंगा गाउँपालिका १ बेगको महादेव मावि बेग तृतिय र मंगला गाउँपालिका २ बावियाचौरको डनीङ बोडीङ्ग स्कुल बाबियाचौर सान्तवना भएका छन् । प्रथम, दितीय, तितीय र सान्तवना हुने विद्यालयले क्रमश ः बीस हजार, बाह् हजार, सात हजार र चार हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । शुक्रबार सम्पन्न भएको प्रतियोगिताको छनौटमा विभिन्न १० विद्यालय फाईनलको लागि छनौट भएका थिए ।

म्याग्दीबाट काठमाण्डौमा बसोबास गर्ने म्याग्देली विद्यार्थीहरुको साझा संस्था म्याग्देली विद्यार्थी परिवारको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा, मंगला, मालिका र धौलागिरी गाउँपालिकाबाट ५ विद्यालय र रघुंगा, बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाबाट ५ विद्यालय फाइनलमा प्रवेश गरेका थिए । जिल्लाभरबाट ३४ विद्यालयको सहभागिता रहेको संस्थाकी अध्यक्ष केशरी शर्माले बताईन् । उनका अनुसार विजयी विद्यार्थीलाई छात्रबृत्तिको सुविधा रहेको बताईन् ।

विजेतालाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पुरस्कार वितरण गदैं हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने बताईन् ।

कार्यक्रममा संबिधानसभा सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुन, नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, परिवारका संस्थापक अध्यक्ष शुशिला शेरचन र सल्लाहकार प्रा.डा होमबहादुर बरुवालले मन्तब्य व्यक्त गरेका थिए ।

यसैबीच म्याग्देली विद्यार्थी परिवारले प्रतियोगितालाई सभ्य र भब्य बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गदैं बचत गरेर छात्रवृत्ति अक्षषकोष बनाउने घोषणा समेत गरिएको छ । पुरस्कार वितरण तथा समापन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष शर्मा, सञ्चालन सचिव सरिता थापा र सदस्य सन्दिप निउरे र कार्यक्रम संयोजक मदन सापकोटाले गरेका थिए ।

Leave a Reply