स्थापनाको छोटो समयमा घतान पुला समाज अष्ट्रेलियाले म्याग्दीका विभिन्न रोगबाट ग्रसित भएकाको उपचारमा एकबर्षमा झन्डै एघार लाख सहयषेग गरेको छ । रोजगार, शिक्षा लगायत विभिन्न सिलसिलामा अष्ट्रेलियमा पुगेका घतान र पुलाबासीको सक्रियतामा सन् २०१९ मा स्थापना भएको संस्थाले मृगौला रोगी, विभिन्न कारणले ज्यान गुमाएका र विपन्न परिवारलाई आर्थिक सहयोग जुटाउदै आइरहेको छ ।

संस्थाको स्थापनालगत्तै बेनपा–९ का स्वर्गीय हरि बहादुर चोखालको छोराछोरीको शिक्षादिक्षा, पालनपोषणमा ३ लाख ६२ हजार जुटाएको संस्थाले मृगौला पीडित इन्द्र बहादुर बानियाँ (राजु) को उपचारमा ४ लाख ४५ हजार ५ सय रुपैयाँ, बेनपा–९ का अति विपन्न स्वरुभुम बहादुर खत्रीको असामयिक मृत्युपछि परिवारलाई २ लाख ४६ हजार ८० रुपैयाँ, बेनपा–९ कुवागैराका नारायण चोखाल र पुप्पा चोखाललाई ४३ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरिएको समाजका सचिव योगेन कार्कीले बताए। उनका अनुसार विभिन्न चरणमा उक्त सहयोग हस्तान्तरण गरिएको बताए ।

एकबर्षको अवधिमा १० लाख ९६ हजार ८ सय रुपैयाँ हस्तान्तरण गरिएको थियो । मृगौला पीडित इन्द्र बहादुर बानियाँ बचाउ अभियानको सहयोग हस्तान्तरणमा कोषाध्यक्ष सपना बानियाँ राई, वेनपा-९ निवासि समाजसेवी गंगा व वानियाँको उपस्थिती रहेको थियो । सोही अवसरमा समाजसेवी बानियाँले समाजले छोटो समयमै गाउँ समस्यामा परेकालाई राहत संकलन गरी मानवीय सेवामा सराहनीय काम गरेको बताए ।

विज्ञापन