रवि लामिछाने र युवराज कँडेललाई सफाइ

0

जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन सम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दायर भएको थियो।

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो । जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले आजै मुद्दा किनारा लगाउने तयारी गरेको बुझिएको छ ।

Leave a Reply