अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा बास्केटबल प्रशिक्षण सुरु भएको छ । अन्नपूर्ण अध्यक्ष कपलाई लक्षित गरी नारच्याङमा सञ्चालन गरिएको प्रशिक्षणमा २० खेलाडीको सहभागिता रहेको छ । वडा कार्यालय, अन्नपूर्ण यूवा क्लव र जनजागरण यूवा क्लवको संयुक्त संयोजनमा आइतबारदेखि सुरु भएको प्रशिक्षणमा गण्डकी प्रदेशका सहायक प्रशिक्षक बिशन रानाले प्रशिक्षण दिएका छन् ।

प्रशिक्षणमा वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले बास्केटबलको उत्कृष्ट खेलाडी बन्न प्रशिक्षार्थीहरुलाई शुभकामना समेत दिइएका थिए । सोही अवसरमा प्रशिक्षक रानाले खेलाडीलाई अनुशासन रहेर खेल कौशल सिक्न अनुरोध गरेका थिए ।

उनले बास्केटबलको पछिल्लो समय जिल्लाभित्र समेत विभिन्न प्रतियोगिताको आयोजना गर्न थालिएकाले उत्कृष्ट खेलाडीलाई खाली बस्न नपर्ने बताए । अन्नपूर्ण महोत्सव तथा कपको अवसरमा पुरुष तथा महिला भलिबल प्रशिक्षण समेत सुरु गरिने अन्नपूर्ण यूवा क्लवका अध्यक्ष श्याम पूर्जाले बताए ।

विज्ञापन