मोना यूकेको बार्षिक साधारण सभा सकियो

0

यूकेमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी अर्गनाइजेसन (मोना) युकेको बार्षिक साधरणसभा सम्पन्न भएको छ। साधारणसभाको मोना युकेका पूर्व अध्यक्ष लेप्टेन क्यूजिओ रेशम शेरचन, मोना यूकेका अध्यक्ष दल जुग्जाली र ट्रष्टी अम्मर मल्लले उद्घाटन गरेको कार्यक्रममा साधारणसभाको अवसरमा एकबर्षको अवधिमा दिवंगत ८ जना सक्रिय सदस्यको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताले मोना यूकेमार्फत विगत देखि भइरहेका विकास, सामाजिक एवम् मानवीय सेवाको उच्च प्रंशसा गरेका थिए । करिव ८० जनाको सहभागिता रहेको कार्यक्रममा मोना यूकेका संस्थापक अध्यक्ष दलमान पुन,काउन्सिलर प्रवेश केसी, मोना आइसीका पूर्व अध्यक्ष योगेन क्षेत्री लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा सहकोषाध्यक्ष कौशिला थापा र ट्रष्टी धना रोकालाई प्रमाणपत्र वितरण गरिएको थियो भने विभिन्न पदमा निर्वाचित भएकालाई सम्मान गरिएको थियो ।

बार्षिक साधारणसभामा गाउँपालिकाको तर्फबाट मंगला गाउँपालिकाका सचिव ई. तेजेन्द्र रोका, मालिका गाउँपालिका सचिव साम गुरुङ, धवलागिरी गाउँपालिका तारा रोका, रघुगंगा गाउँपालिका राम पुनले प्रतिवेदन पेश गरेका थिए भने बेनी नगरपालिकाका सचिव किशान जिसी र अन्नपूर्णका तिलक पुनले पठाएको प्रतिबेदन बाचन गरिएको थियो ।

बार्षिक साधारणसभाको अवसरमा मोना यूकेका अध्यक्ष दल जुग्जालीले मोना अन्तराष्ट्रियको महाधिवेशन, मोना यूकेले दिएको ३ वटा एम्बुलेन्स, १० लाखको अक्षय कोष, महाविर पुनलाई ६ लाख ६३ हजार हस्तान्तरण, मोना लभ्ली हिललाई १ लाख सहयोगका बारेमा जानकारी गराएका थिए ।

मोना युकेका सस्थापक अध्यक्ष दलमान पुन र सचिब बागबिर पुनले साउदी अरवमा कैद सजाय भोगिरहेका दिच्यामका राजकुमार निउरेको उद्धार अभियानमा उठेको ३ लाख रुपैयाँ हस्तान्तरण गरेको जानकारी गराएका थिए ।साधारणसभाको अवसरमा आगामी अप्रिल २५ मा आयोजना हुने मोना युकेको शुभकामना साँझ सफल बनाउन बृहत छलफल गरिने कुरा उपाध्यक्ष कुमार फगामीले गराएका थिए ।

अर्का उपाध्यक्ष होम रोकाले २० जुनमा हुने तेस्रो मोना भलिबलमा मुख्य संयोजक बैठकले अनुमोदन गरेकोमा धन्यवाद दिदै मोना यूथसँग नजिकबाट खेल्न पाउँदा खुसी ब्यक्त गरेका थिए । यो बर्ष प्रोड ( भेतेरेन्ट) भलिबलको पुरस्कार राशी बढाइने, महिला टोलीमा सहभागी हुन ब्रिटिस पल्टनमा निमन्त्रण पठाउने जानकारी समेत गराइएको थियो ।

सोही अवसरमा विधान संयोजक ट्रष्टी अम्मर मल्ल, सचिव बिम समाज यूकेका अध्यक्ष कृष्ण जुग्जालीले विधान परिवर्तनका बारेमा जानकारी दिए।

 

कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष शेरचनले केन्द्र र गाउँपालिकाका सचिवहरुको प्रतिवेदन उत्कृष्ट रहेको बताउँदै आभार प्रकट गरेका थिए ।

‘मोना यूकेको अभियानले विश्वभर रहेका म्याग्देलीमा उर्जा प्रदान गर्छ,‘तपाईहरुको हरेक अभियानमा मेरो साथ छ’ शेरचनले भने ।  कार्यक्रममा मोनाले भविस्यमा एउटा घर खरिद गर्ने आसयमा अधिकांसले सहमति जनाएका थिए । बार्षिक साधारणसभाको अध्यइाता अध्यक्ष दल जुग्जाली, उपाध्यक्ष लिला पुनको स्वागत, कोषाध्यक्ष पदम गर्बुजाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन महासचिव लाल पुनले गरेका थिए ।

Leave a Reply