म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङद्वरा आयोजित तेस्रो मोना कप–२०२० को उपाधी धरान एफसीले कब्जा गरेको छ । प्रतियोगितामा गोर्खा ब्वाईज उपविजेता भएको छ भने यूएन लोङ तेस्रो भएको छ । प्रतियोगितामा फेयर प्लेयर ट्रफी शिखर एफसी, मोना कप राईजिङ स्टारमा गोर्खा ब्वाईजबाट सुमित गुरुङ र वेष्ट प्लेयर तथा सर्वाधिक गोलकर्ताको ट्रफी धरान एफसीबाट रिशी लिम्बुले प्राप्त गरेका छन् ।

प्रतियोगितामा विजेतालाई अतिथिले सम्मान गरेका प्रतियोगिता आयोजक समितिका संयोजक पूर्व अध्यक्ष दल सेर्बुजाले बताए । पुरस्कार वितरण कार्यक्रममा मोना हङकङका अध्यक्ष कर्ण पुन, खेलकुद विभागका प्रमुख कमल पुन लगायत कार्यसमितिका सदस्य, महिला विभागका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा प्रयोजक एवम् मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुनका साथै ज्ञानेन्द्र थापा र मोहन गुरुङ, जेवेन्द्र फगामी, मोना फुटबलका क्याप्टेन बेल गुरुङ, सन्दिप गुरुङ र मिलन श्री, कृष्ण गर्बुजा, राजु रोका, रमेश पुन,रोशनी गर्बुजा, कोच विकास गुरुङ, पुन मगर समाज हङकङ, डा. च्यान्द्र लिम्बु र नगद प्रायोजनलाई सम्मान समेत गरिएको थियो । मोना मोना हङकङका अध्यक्ष कर्ण पुनले विभिन्न कार्यक्रममार्फत हङकङमा रहेका नेपालीबीचको एकता र सहकार्यलाई बलियो बनाउने प्रयास गरिएको बताउनुभयो । मोना हङकङले म्याग्दीमा शिक्षा, स्वास्थ्य सहित विभिन्न मानवीय सेवामा लाखौं सहयोग गरेको छ ।

विज्ञापन