मजदुरको मृत्युले परिवारको विचल्ली

0

छिमेकी गाउँबाट काम गरेर घर फर्किने बेलामा एक मजदुरको मोटरबाटोबाट लडेर मृत्यु भएपछि मालिका गाउँपालिका–२, रुमको एक परिवारको बिचल्ली भएको छ । गत पुस १८ गते वडा नं १ निस्कोटबाट घर फर्किने बेलामा ज्यान गुमाएका फरम कामीको परिवार विचल्लीमा परेका छन् । परिवारका लागि कमाउने श्रीमानको मृत्यु भएपछि घरमा बालबाच्चालाई खुवाउने अन्न समेत नभएको चन्द्रकुमारी कामीले बताईन्।‘घरमा अन्न छैन्, छोराछोरीलाई विहानबेलुकी हातमुख जोड्न मुस्किल छ’चन्द्रकुमारीले भनिन् ।

उनले श्रीमानको कमाईले मुस्किलले घरखर्च चल्ने गरेको अवस्थामा मृत्युपछि भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो गरिन् । छोरा सञ्जय बिकले ४ र इश्वर विकले ३ कक्षा र छोरी बिपिना विकले कक्षा १ मा पढ्छिन् । एउटा छोरी काखमै छिन्। ‘चार छोराछोरीलाई कसरी हुर्काउने ? चन्द्रकुमारी भक्कानिदै भनिन्।उनले काखमा रहेको छोरीलाई समेत पेटभरी खान नदिने अवस्था नभएको बताईन् ।

‘घरमा खाने अन्न छैन, बालबच्चालाई खुसी बनाउने केहि पनि खानेकुरा छैन’—मलिन अनुहारमा देखिएकी उनले आफ्ना पीडा पोख्ने गरेको स्थानीय यूवा भुपेन्द्र नेपालीले बताए । उनका अनुसार अति विपन्न परिवारमा मजदुरी गर्नेको मृत्यु भएपछि परिवार थप संकटमा परेको बताए । उनले फरक कामीको मृत्युले बालबच्चा र परिवार धान्ने जिम्मा उनको श्रीमती चन्द्रकुमारीको काँधमा आएको बताए । उनले चन्द्रकुमारीको परिवारलाई सहयोगको आवश्यकता रहेको बताए ।

Leave a Reply