पशुचौपायाको गोठमा मृत्यु कुरेर बसेकी पुतली सार्की!

1

तस्वीरमा प्यारालाइसिसले थलिएकी ६० बर्षिया पुतली सार्की परालको गुन्द्रीमा सुतिरहेकी छन् । उनको छेउमै रहेका श्रीमान पतिरामले श्रीमतिलाई कुरेर बसिरहेका छन्। बेनी नगरपालिका–२, ज्यामरुककोटको फापरखेतमा गोठमा पशुचौपायासँगै बस्ने गरेका सार्की दम्पत्तीको यो तस्वीरले कतिसम्म दयनीय छ भन्ने झल्काउँछ । उनीहरुको अवस्थाले आँखा रसाउछ ।

दम, प्रेसर, सुगरसँगै प्यारालाइसिसले थलिएकी पुतलीको छान्सा नै गोठ बनेको छ। गोठभित्र खान पकाउने जस्तो देखिने कुनोमा पकाउने भाँडाकुडा र अन्न छैन् । पोखराको मणिपाल अस्पतालमा करिब ४५ हजार खर्च गरी फर्किएका पतिरामले गाउँबाट खोजेर ल्याएको अन्नले दुईदिन पनि पुग्दैन्।‘श्रीमतिको उपचार गर्ने पैसा छैन्,‘मृत्युलाई कुरेर बस्नुको विकल्प छैन्’ पतिरामले भने। उनले रात काट्ने गोठ पाएपनि उपचारमा सहयोग धेरै आवश्यक रहेको बताए ।

उनले श्रीमतिलाई जटिल समस्या देखिएको बताउँदै उपचारमा स्वदेश तथा विदेशबाट सहयोगको अनुरोध समेत गरे। ‘उपचारमा थप खर्च जुटाउन नसक्दा पोखराबाट फकिैए,‘नियमित उपचारको आवश्यक भएपनि पैसा छैन’उनले गुनासो गरे ।ज्यालामजदुरीबाट खर्च चलाइरहेको अवस्थामा एक्कासी श्रीमति विरामी भएपछि दिनभरी कुरेर बस्नुपर्ने अवस्था भएको उनको गुनासो छ ।

यता उनको उपचारमा आर्थिक सहयोगको अभियान सञ्चालनसँगै आवश्यक लत्ताकपडाका लागी पहल भइरहेको स्थानीय भिमबहादुर पौडेलले बताए । ‘नियमित उपचार र खानपिनलाई सहयोग आवश्यक छ’ पौडेलले भने । उनले उपचारका लागी गाउँलेबाटै अभियान सञ्चालनको प्रयास भइरहेको बताए ।नियमित चेकजाँच र औषधीको अभावले अलपत्र परेकी पुतलीलाई सहयोग अभियान सञ्चालन गर्नुपर्ने स्थानीयको भनाई छ ।यसैबीच उनको उपचारमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply