म्याग्दीको सदरमुकाम बेनीमा लागुऔषध सहित दुई दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाट बस्ने २५ बर्षिय मनोज खत्री र २२ बर्षका आशिष खत्रीलाई बेच्ने तयारीमा राखिएको लागुऔषध सहित घरबाटै पक्राउ गरिएको प्रहरी निरिक्षक धुब्र शर्माले बताउनुभयो ।

उहाँका अनुसार बेच्ने तयारीमा रहेको गोप्य सुचनाका आधारमा प्रहरीको टोलीले घरमै पुगेर खानतलासी गर्दा डाईजेपाम १ सय ४ एम्पुल, फेनोरागन १ सय ४ एम्पुल, नुर्फिन १ सय ६ र सिरिन्ज २ थान फेला पारेको प्रहरीले जनाएको छ ।

‘शंकास्पद गतिविधि देखिएपछि तत्काल नियन्त्रणमा लिइएको हो,‘प्रयोगकर्ताको खोजी भइरहेको छ’ शर्माले भन्नुभयो । सानो–सानो बनाएर घरबाटै विक्री गर्ने गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। लागुऔषधका प्रयोगकर्ताले प्रयोग गर्ने अन्य पदार्थ समेत बरामत गरिएको छ ।अभियुक्तलाई लागुऔषध मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

विज्ञापन