रुख ढाल्ने क्रममा गम्भीर घाइते भएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका अमित केसीको उपचारमा आर्थिक अभाव देखिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका केसीको उपचारमा आवश्यक पर्ने आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् । गत माघ १ गते गाउँमा रुख काट्ने क्रममा घाइते भएका केसीको दुवै खुट्टा र ढाडमा गहिरो चोट लागेको छ ।

तत्काल उपचारमा परिवारबाटै खर्च जुटाइएपनि थप उपचारमा आर्थिक समस्या देखिएको आफन्त एवम् मोना अन्तराष्ट्रियका यूरोप संयोजक निरोज कार्कीले बताए ।‘उपचारमा सानो सहयोगको अनुरोध गर्दछु,‘सबैको सहयोगबाट मात्रै अव उपचार सम्भव छ’ कार्कीले बेनीअनलाइनलाई भने । उनले गम्भीर घाईते अवस्थामा हेलिकप्टरबाट पोखराको मणीपाल अस्पतालमा र त्यहाँ समेत सम्भव नभएपछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा धेरै खर्च हुने भएपनि कति भन्ने यकिन भएकाले सहयोगको अभियान सञ्चालन गर्नुपरेको कार्कीको भनाई छ । उनले मोना तथा विभिन्न देशमा रहेका म्याग्देलीलाई सहयोगका लागि अनुरोध गरेका छन् । परिवारका अनुसार हालसम्म करिव १० लाख खर्च भइसकेको छ भने कम्तिमा २ महिना अस्पतालमै राख्नुपर्ने भएकाले ठूलो खर्च हुने अनुमान गरिएको छ । परिवार स्रोतका अनुसार रकम अभावमा केही आवश्यक अप्रेनसमा समेत ढिलाई भइरहेको छ ।
सहयोगका लागि ग्लोबल आईएमई बैंकको खाता नम्बर – ३५०७०१०००६९१६, सुन्तली कार्की